२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

दैलेख पुगेका अध्यक्ष ओलीले गरे पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बिहान दैलेखको दुल्लु पुगेका छन्। एमालेले सुरु गरेको मेची महाकाली पदयात्राको क्रममा अध्यक्ष ओलीसहितका एमाले नेताहरु आज बिहान दुल्लु पुगेका हुन्।

अध्यक्ष ओलीले दुल्लु भैरवी १ स्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन्। अवलोनका क्रममा उनले त्यस सम्बन्धी आवश्यक जानकारी लिएका छन्।

अध्यक्ष ओलीले श्रीस्थान मन्दिरको पनि दर्शन गरेका छन्। एमालेले सुरु गरेको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत आज दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभाको आयोजना गरेको छ। जनसभामा अध्यक्ष ओलीसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस