२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

मुटुको शल्यक्रिया गराएका गृहमन्त्री श्रेष्ठलाई अस्पताल पुगेर प्रधानमन्त्रीले भेटे

The Prime Minister met Home Minister Shrestha who underwent heart surgery after reaching the hospital

२० मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुगेर प्रधानमन्त्री प्रचण्डले मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

छातीमा असहज महसुस भएपछि मन्त्री श्रेष्ठ मंगलबार बेलुकी अस्पताल भर्ना भएका थिए । उनको मुटुको वायाँतर्फको रक्तनलीमा आंशिक अवरोध देखिएपछि डा. अरुण मास्केसहितको टोलीले एन्जिओप्लास्टी गरेको थियो ।

 

 

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस