२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

खोटाङ पुगेर अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई दिएको उपहार !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई उपहार दिनु भएको छ । मंगलबार (आज) बेलुका सामाजिक सञ्जाल फेसबुकमा एक तस्विर साझा गर्दै जन्मदिनको उपहार दिनु भएको हो ।

अध्यक्ष ओलीले जन्मदिनको शुभकामना दिदैँ लेख्नु भएको छ, ‘आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो । दिनभर व्यस्त थिएँ। साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो । उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना !’

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आज कोशी प्रदेश पुगेको छ । अध्यक्ष ओलीको नेतृत्वमा यात्रा उदयपुर हुँदै खोटाङको दिक्तेल पुगेको हो । एमालेको अभियानलाई बिथोल्न खोज्ने दुई दर्जन भन्दा धेरै पहिचानवादीहरु समातिएका छन् । अहिले राजनीतिमा देखिएको घृणाअघि अध्यक्ष ओलीले देखाएको संस्कारको खुलेर प्रशंसा भइरहेको छ । यसअघि यात्राको सुरुवातमा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि कुरा गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस