२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

बालेन झनै एक्शनमा : काठमाडौँ महानगरले सार्वजनिक स्थानमा बेच्न राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिँदै

Kathmandu Metropolis is taking control of tobacco products sold in public places

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा बिक्री वितरण गर्न राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको छ। आइतबार महानगरले सार्वजनिक स्थानबाट एक सय मिटरको दूरीमा बेच्न राखिएको सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिइरहेको महानगरीय प्रहरी बलले बताएको छ ।

प्रहरीका अनुसार अहिले नगर प्रहरी बलले सार्वजनिक स्थलबाट एक सय मिटरको दूरीमा बेच्न राखिएका खैनी, गुट्का, पान-पराग चुरोटलगायत सबै किसिमका सुर्तीजन्य पदार्थ नियन्त्रण लिने काम गरिरहेको छ। सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६८ सालमा जारी ऐनले सार्वजनिक स्थलको परिभाषा किटान गरेको छ।

उक्त कानुनले शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटेल, रेस्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालयलगायत स्थलमा धूमपान, चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा लगायत सुर्तीजन्य पदार्थ एक सय मिटरसम्म बेच्न र प्रयोग गर्न निषेध गरेको छ। यसअघि महानगरले सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको थियो। मंसिर २९ गते उच्च अदालत पाटनले उक्त निर्णय कार्यान्वयन नगर्न आन्तरिक आदेश दिएको थियो।

 

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस