२०८३ असोज २० गते मङ्गलवार | 2026 October 6th Tuesday

सन्तान जन्माउँदा कयौं आमा र बच्चा बचाएकी नर्स सुशिला जुम्ल्याहा जन्माउँदा आफैं अस्ताइन्

काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत २८ वर्षीया स्टाफ नर्स सुशिला विकको अत्यधिक र`क्तश्रा`वका कारण नि`धन भएको छ। सुत्केरी गराउँदा कयौं बच्चा र आमा बचाएकी सुशिला भने जुम्ल्याहा शिशु जन्माउँदा आफैं अ`स्ताइन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ निवासी विक प्रसूतिका लागि अस्पतालमा भर्ना भएकी थिइन्। जुम्ल्याहा शिशुलाई जन्म दिने क्रममा एक शिशु मृ`त र अर्को जीवित जन्मिएको परिवारले जनाएको छ। २०७८ जेठ १ गतेदेखि करार सेवाअन्तर्गत अस्पतालमा कार्यरत विकको असामयिक निधनप्रति सेती प्रादेशिक अस्पतालले शोक व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

 

प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस