काठमाडौं – वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट मृ`त्यु हुनेको संख्या बढ्दै छ। मेचीनगर–८ की ६४ वर्षीया महिलाको मृत्यु भएपछि हालसम्म जिल्लामा ६ जनाले ज्यान गुमाएका छन्।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमितको संख्या ११ पुगेको छ। मृ`तकमध्ये ४ महिला र २ पुरुष छन्। स्वास्थ्यकर्मीको टोली विभिन्न स्थानमा परीक्षण र अनुगमनमा परिचालित गरिएको जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिएका छन्।
प्रकाशित मिति : २०८३ भाद्र ५ गते शुक्रवार

