सुनसरी। इटहरी उप-महानगरपालिका -७ सिसौनामा रहेको इन्द्र बहादुर खड्काको घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएपछि पीडित परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ। इटहरी -७ का जनप्रतिनिधि एवम् वडा सदस्य श्री दिपक घिमिरेको पहलमा पिडित परिवारलाइ आर्थिक सहयोग प्रदान गरिएको हो।
सामाजिक संस्थाहरु Lions club of Itahari smart city , Lions club of Itahari Green City र परिवर्तन …एक अभियान, इटहरी – ७ सुनसरी द्वारा संयुक्त रुपमा नगद रु २३५०० हस्तानतरण गरियो साथै ५ बोरा सिमेण्ट आबस्यक अबस्थामा दिनेभन्ने प्रतिबद्धता गरियो।
दिउँसोको समयमा घरमा कोहि नभएको अवस्थामा बिद्धुत सर्ट भएर आगलागी भएको र घरमा भएको कुनै पनि समान निकाल्न नपाएको ले जिउमा लगाएको एक जोडी कपडा बाहेक केहि बाँकि नरहेको पिडित इन्द्र बहादुर खड्काले हामीलाई बताए।
दुःखमा राजनीति नगरौँ र यस्ता सामाजिक अभियानमा सबैले सहयोग गरौँ भन्ने भावनाका साथ सबै संघसंस्था मिलेर सहयोग गरिएको लायन्स क्लब अफ ईटहरि स्मार्ट सिटि का डाईरेक्टर दिपक घिमिरेले बताउनु भयो। दुःख र विपत्तिमा सबैले सहयोग गर्नुपर्ने र आफूहरूको तर्फबाट पनि सबै सहयोग गरेको परिवर्तन। … एक अभियानका अध्यक्ष तेज प्रशाद घिमिरे ले बताउनुभयो।

कार्यक्रम मा Lions club of Itahari smart city , Lions club of Itahari Green City र परिवर्तन …एक अभियान, इटहरी – ७ का जिम्मेवार पदाधिकारी एवम् सदस्य हरुको सहभागिता रहेको थियो।

