२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

म महिला प्रधानमन्त्री भएको हेर्न चाहन्छु, महिलालाई सबै ठाउँमा ५० प्रतिशत दिनुपर्छ : शशांक कोइराला

Dr Sasanka Koirala

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महिला देशको प्रधानमन्त्री भएको हेर्न चाहेको बताउनुभएको छ । पार्टी निकट महिला संघको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिलाहरूलाई नेतृत्व गर्न अगाडि बढ्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म महिला प्रधानमन्त्री भएको हेर्न चाहन्छु, आउँदो दिनहरूमा महिला प्रधानमन्त्री पनि बन्ने देखेको छु। महिला प्रधानमन्त्री हुँदा महिलाको मात्रै होइन पुरुषहरूको पनि नेतृत्व गर्ने क्षमता हुन्छ। उहाँले महिलाको सबै ठाउँमा ५० प्रतिशत सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो ।’

 

प्रकाशित मिति : २०८१ साउन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस