२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

नयाँ नेतृत्व चयन गर्न माग गर्दै अखिल क्रान्तिकारीका ४ नेताहरुको आमरण अनसन सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्व चयन गर्न माग गर्दै ४ नेताले आजदेखि आमरण अनसन सुरु गरेका छन्।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ११ बजेदेखि विद्यार्थी नेताहरु केशव रावल, खकेन्द्र रावल र जनक ढुंगानाले आमरण अनसन सुरु गरेका हुन्।

रावल अखिल क्रान्तिकारीको निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख हुन् भने खकेन्द्र रावल र जनक ढुंगाना केन्द्रीय सदस्य हुन्। नेतृत्व चयन नगरी स्थगित भएको अखिल क्रान्तिकारीको बन्दसत्र यही मंसिर २३ गते नै सुरु गर्न र संगठनको नयाँ नेतृत्व चयनको लागि निर्वाचन सुनिश्चित गर्न माग गर्दै आमरण अनसन सुरु गर्न लागिएको उनीहरुको भनाई छ।

गएको असोज १० गतेदेखि काठमाडौँमा सुरु भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन नै नगरी स्थगित भएको थियो।

प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस