२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

प्रधानमन्त्री ओली र सेनाध्यक्ष द्विवेदी आज भेटवार्ता गर्दै

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार द्विवेदीले आज अपरान्ह साढे चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्ने कार्यक्रम छ।  त्यसअघि उनले रक्षामन्त्री मानवीर राईसँग भेट गर्नेछन्।

बुधबार दिउँसो काठमाडौं आइपुगेका द्विवेदीलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका थिए।  नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित  विशेष समारोहबीच उनलाई  दर्ज्यानी  चिन्ह प्रदान गरेका थिए।

प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस