२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

दुर्गा प्रसाईं समर्थकको कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरु

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरु गरेको छ ।

कोटेश्वर क्षेत्रमा भेला भएर उनीहरूले प्रदर्शन सुरु गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईं अहिले हिरासतमा छन् । सीआईबीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई बुधबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

पक्राउको विरोधमा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा कार्यक्रम गर्दैछ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस