२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

परराष्ट्रमन्त्री राणा भोलि चीन भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भोलि चीनको औपचारिक भ्रमणमा जाने भएकी छिन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहेका वाङको निमन्त्रणमा मन्त्री राणाले यही मङ्सिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन्।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा.राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री डा.राणा मङ्सिर १५ गते स्वदेश फर्कनेछिन्।

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस