२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

धनगढीमा सार्वजनिक शिक्षा सुधारको माग राख्दै मौन प्रदर्शन

काठमाडौं । धनगढीमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी निकट विद्यार्थी सङ्गठन समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईँले मौन प्रदर्शन गरेका छन् ।

सार्वजनिक शिक्षा सुधारको माग राख्दै चपागाईंले सुदूरपश्चिमको राजधानी समेत रहेको धनगढीको चौराहामा उभिएर प्रदर्शन गरेका हुन् ।

उनले बिहीबारदेखि प्रदर्शन जारी राखेका हुन् । उनले सार्वजनिक शिक्षा सुधारको आफ्नो १५ बुँदे मागसहित ब्यानर टाँगेर सडकमा उभिएर मौन प्रदर्शन गरिएको बताए ।

नयाँ शिक्षा ऐन ल्याउँदा देशैभरका स्थानीय तहमा कानुन निर्माणमा जटिलता र अन्योल सिर्जना गरेकाले उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदनका आधारमा तत्काल नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग अघि सारिएको उनले बताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस