२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

सभापति लामिछानेको दोस्रो दिनको बयान जारी

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको दोस्रो दिनको बयान सुरु भएको छ।

गत विहीबार काठमाडौं ल्याइएका रविको शुक्रबार पहिलो दिनको बयान सकिएको थियो।

काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट काठमाडौं ल्याइएको हो।

सोही सहकारीमा मुछिएका अर्का आरोपी छविलाल जोशीसँग बयान सकेर उनलाई पोखरा पठाइसकिएको छ। पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा रविलाई गत कातिक २ गते काठमाडौंबाट पक्राउ गरि पोखरा लगिएको थियो।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस