२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

हवाई इन्धनमा मूल्य वृद्धि हुँदा हवाई भाडा दर पनि वृद्धि

फाइल तस्विर

काठमाडौं  । नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गर्दा हवाई भाडामा ९० रुपैयाँसम्म वृद्धि भएको छ।

हवाई इन्धनको साविक मूल्य १ सय २६ थियो। निगमले २ रुपैयाँ प्रतिलिटर बढाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले बिक्री गर्ने हवाई टिकटमा अधिकतम ९० रुपैयाँ वृद्धि गरेका हुन्।

यो वृद्धि टिकट शुल्कभित्र पर्ने फ्युल सरचार्जमा बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणले बढेको फ्युल सरचार्ज बुधबारदेखि लागू गर्न नेपाल वायुसेवा निगम, बुद्ध, यति, श्री, समिट, तारा र सीता एअरलाइन्सलाई मंगलबार पत्राचार गरेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए।

निगमले हवाई इन्धनको मूल्य थपघट गर्दा वायुसेवा कम्पनीहरुले त्यो मूल्यअनुसार विभिन्न वृत्तखण्डको फ्युल सरचार्ज हेरफेर हुने गर्छन्। यसलाई प्राधिकरण मातहतको हवाई यातायात विभागले नियमन गर्ने गरेको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस