२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

भुटानका राजा वाङचुक नेपाल आउँदै

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक नेपाल आउने भएका छन् ।

वाङचुक यही मंसिर २१ गते काठमाडौं आउने भएका हुन् ।

उनी २१ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने र, सोही दिन काठमाडौंबाट फर्किने बताइएको छ ।

विहीबारदेखि भारतको औपचारिक भ्रमणमा निस्किने उनी भारत भ्रमण सकेपछि काठमाडौंमा आउने बताइएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस