२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

महिला एसिया कपमा पाकिस्तानलाई हराएको नेपालले भारतसँग खेल्दै

काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।

समूह बी मा रहेका नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार विहान ११:४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई हराएसँगै नेपाल सुपर फोरमा पुगिसकेको छ ।

भारतले पनि पहिलो खेलमा पाकिस्तानलाई हराइसकेकाले नेपाल एक जितले सुपर फोरमा प्रवेश गरेको हो । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू१९ विश्वकप र यू१९ एसिया कपमा छनोट भएको थियो । यू-१९ महिला विश्वकप पनि आगामी जनवरी-फेब्रुअरीमा हुँदैछ ।

प्रकाशित मिति : २०८१ पुष २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस