२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

नुवाकोटको शेरा दरबारको १ सय ६३ रोपनी जग्गा सरकारको नाममा ल्याउन सिफारिश

१३ पौष, काठमाण्डौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नुवाकोटको शेरा दरबारको झन्डै एक सय ६३ रोपनी जग्गा दुरुपयोग भएकाले सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।

सीआईबीले चार महिना लामो अनुसन्धानपछि नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्षसहित हिजो भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो । मन्त्रालयलाई अनुसन्धान प्रतिवेदन र सिफारिश बुझाइएको छ भने यसमा संलग्नमाथि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत लेखी पठाइएको छ ।

अनुसन्धानमा जग्गा दुरुपयोग भएको पाइएकाले मालपोत ऐनअनुसार जग्गा सरकारको नाममा ल्याउनुपर्ने भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पत्राचार गरिएको र जग्गाका विषयमा अख्तियारलाई समेत जानकारीसहितको पत्र पठाइएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस