काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहमा १४,३०८ विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले दशरथ रंगशालामा आयोजित कार्यक्रममा विद्यावारिधि र उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार, स्नातकका ९,०६८, स्नातकोत्तरका ५,०५५, एमफिलका ६३ र पीएचडीका १२२ विद्यार्थी दीक्षित भए।

प्रकाशित मिति : २०८१ पुष १३ गते शनिवार

