२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

आजदेखि अंग्रेजी नयाँ वर्ष सुरु, आजै टोपी दिवस मनाइँदै

१७ पौष , काठमाण्डौँ । आजदेखि अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भ भएको छ । विश्वभर विविध कार्यक्रम गर्दै नयाँ वर्षलाई स्वागत गरिएको छ । नेपालसहित विश्वभरका मानिसले आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइष्ट प्रभु यशुको सम्झनामा अनुयायीले इस्वी संवत् प्रचलनमा ल्याएका हुन् ।

विगत केही वर्षदेखि जनवरी १ मा ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदै आएको छ । नेपाली युवाहरूले विगत नौ वर्षदेखि अंग्रेजी महिनाको जनवरी १ तारिखमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएका छन् ।

मेरो शान, मेरो पहिचान राष्ट्रिय पोसाक संरक्षण अभियान भन्ने नारासहित यो दिवस मनाउन लागिएको हो । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : २०८१ पुष १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस