२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

नेपालको पहिलो महिला राजदूत तथा पूर्व बैंङ्कर अनिलकेशरीकी आमा विन्देश्वरी शाहको निधन

Nepal’s First Female Ambassador Bindeshwari Shah Passes Away
काठमाडौं । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । ९२ वर्षको उमेरमा उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विन्देश्वरी रास्वपाका नेता तथा पूर्व बैंङ्कर अनिलकेशरी शाहकी आमा हुन् ।
शाह २०४४ मा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन्।
नयाँदिल्लीमा राजदूत छँदै परराष्ट्र मन्त्रालयको सहसचिव पदबाट अतिरिक्त सचिवमा उनी बढुवा भइसकेकी थिइन्।
सन् १९७१ मा बंगलादेशको निर्माण भएपछि बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूत पनि शाह नै बनेकी थिइन्। विन्देश्वरी भीरकोटे राजा तारकबहादुर र रानी मदन दिव्येश्वरी शाहकी बुहारी हुन् ।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस