सुनसरी । खोटाङ र उदयपुर जोडने सुनकोशीको फोक्सिङटारमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गत भदौमा आएको बाढीले फोक्सिङटारको पक्कीपुल बगाएपछी खोटाङ–उदयपुरसम्म आवतजावत गर्ने यातायाताका साधन संचालन बन्द भएको थियो ।
फोक्सिङटारको पक्की पुल बाढीले बगाएपछी खोटाङवासीलाई उदयपुर हुदै तराईका जिल्ला र प्रदेश राजधानी आवज जावत गर्ने छोटो दुरीको बाटो बन्द भएको थियो । बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेकाले पुस अन्तिम सम्ममा बेलिब्रिजको उद्घाटन गरि गाईघाट–दिक्तेल यातायातका साधन संचालन गरिने इन्जिनियर सडक आयोजनाका ईन्जिनियर पशुपति ज्ञावालीले जानकारी गराए ।
प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार

