काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउने निर्णय गरेका छन्। महँगो उपचारको आवश्यकतासँगै बिरामीहरूले बारम्बार सरकारबाट सहयोगको माग गरेका थिए। अब स्वास्थ्य मन्त्रालयले सङ्घीय र प्रादेशिक अस्पतालसहित अन्य सरकारी अस्पतालमा औषधी उपलब्ध गराउने जनाएको छ।
मन्त्री पौडेलले भने, ‘‘विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरेर सरकारी अस्पतालमा औषधी उपलब्ध गराउने निर्णय गरेका छौं।’’
नेपालमा करीब ९०० हिमोफिलिया बिरामी रहेका छन्, जबकि विश्व स्वास्थ्य सङ्गठनको अनुमानमा नेपालमा लगभग ५,००० बिरामी छन्। स्वास्थ्य मन्त्रालयले औषधी उपलब्ध गराउने तयारी गरेको छ।
प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार

