२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

रेड नोटिस जारी भएका पौडेल पक्राउ, आरोप के हो?

Maoist leader arrested on charges of raping 17-year-old girl

काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखन र ओसारपसार मुद्दामा फरार रहेका बिनौद पौडेललाई पक्राउ गरेको छ। बिनौद पौडेल बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–२ का निवासी हुन् र हाल काठमाडौं टोखा नगरपालिका–३ मा बस्दै थिए। उनी २०८१ पुस १२ मा इन्टरपोल महासचिवालयद्वारा जारी गरिएको रेड नोटिसपछि अन्तर्राष्ट्रिय स्तरमा खोजी भइरहेको थिए।

एनसिबि अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका पौडेललाई नेपाल फिर्ता ल्याउनका लागि पहल गरिएको थियो। बुधबार उनलाई नेपाल ल्याइएका छन्, जहाँ उनीसँग सम्बन्धित मुद्दामा कानुनी कारवाहीका लागि अनुसन्धान जारी रहेको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

पक्राउ परेको पौडेललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाइएको छ, जहाँ उनको सम्बन्धित कसुरबमोजिम थप अनुसन्धान र कारवाही गरिने छ। यो कार्यवाहिका क्रममा नेपाल प्रहरीको अन्तर्राष्ट्रिय समन्वयको महत्वपूर्ण भूमिका रहेको पनि प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस