जाजरकोटको बारेकोट गाउँपालिका-७ स्यालामा तीन वर्षीया बालिका अस्मिता सार्कीको घाँटी रेटेर हत्या गरिएको छ। बिहीबार दिउँसोदेखि हराएकी अस्मिताको शव परालमुनि भेटियो। प्रहरीका अनुसार, बलात्कारको प्रयासपछि बालिकालाई घाँटी रेटेर हत्या गरिएको हुनसक्छ।
बालिकाको शव परिवारले राति १० बजे मात्र फेला पारेका थिए। यस घटनामा संलग्न भएको आशंकामा बारेकोट गाउँपालिका-६ ताँसीका एक १२ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार

