२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सैफमाथि भएको घातक आक्रमणपछि कपिल शर्मालाई पनि ज्यान मार्ने धम्की, कसले दियो?

Kapil Sharma Saif Ali Khan

चर्चित कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की आएको छ। कपिलसँगै अभिनेता राजपाल यादव, कोरियोग्राफर रेमो डिसुजा र हास्य कलाकार सुगंधा मिश्रालाई पनि पाकिस्तानबाट इमेलमार्फत धम्की दिइएको थियो। इमेलमा लेखिएको थियो कि यदि यसलाई गम्भीरतासाथ लिएनौँ भने व्यावसायिक र व्यक्तिगत जीवनमा असर पर्नेछ।

इमेल पठाउनेले ८ घण्टामा जवाफ माग गरेका थिए। पाकिस्तानबाट आएको इमेलको अन्त्यमा लेखिएको छ, “हामी तिमीहरूविरुद्ध कारबाही गर्नेछौं। हामी विष्णोई होइनौं।” मुम्बई पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। यो धम्की सैफ अली खानमाथि भएको घातक आक्रमणपछिको घटना हो, जसले भारतीय मनोरञ्जन जगतमा सुरक्षा चिन्ता बढाएको छ।

सैफमाथि जनवरी १५ मा आफ्नै घर सतगुरु शरण अपार्टमेन्टमा प्रवेश गरेर आक्रमण भएको थियो, जहाँ आरोपी मोहम्मद शरीफुल इस्लाम शहजादले चक्कु प्रयोग गरी उनको घाँटी र मेरुदण्डमा गम्भीर चोट पुर्याएका थिए। सैफ आफै अस्पताल पुगे, जहाँ उपचारपछि उनी २१ जनवरीमा डिस्चार्ज भए।

आक्रमणपछि, उनले आफ्नो सुरक्षा टोली परिवर्तन गरे र अब अभिनेता रोनित रोयको सुरक्षा निकायले उनको सुरक्षा हेर्नेछ। मुम्बई प्रहरीले आक्रमणमा प्रयोग गरिएको चक्कुको तेस्रो भाग बान्द्रा ताल नजिकैबाट बरामद गरेको छ र आरोपीको बयानहरू लिएको छ। आक्रमणपछि सैफ फर्च्युन हाइट्समा रहेको आफ्नो पुरानो घरमा सरेका छन्।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस