२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

बागमतीमा सोनाम ल्होछारको अवसरमा साँस्कृतिक महोत्सव हुने

काठमाडौं । तामाङ समुदायको मञ्जुश्री सम्बत् २८६१ औं डुल–सा पुख्री ल्हो सोनाम ल्होछारको अवसरमा वृहद् साँस्कृतिक महोत्सव हुने भएको छ । नेपाल तामाङ घेदुङको आयोजनामा यही माघ १८ गते शुक्रबार बागमती नगरपालिका वडा नं. ४–५ मा पर्ने माछा पोखरी (भरत तालमा) महोत्सव आयोजना गरिएको घेदुङका नगर अध्यक्ष जय बहादुर गोलेले जानकारी दिए ।

महोत्सवमा तामाङ समुदायको कला संस्कृति एवं भेषभुषाका झाँकी सहित राष्ट्रिय स्तरमा चर्चित गायकरगायिकाहरु शिव परियार, इन्दिरा गोले, संजिव घिसिङ तामाङ, टीका बोम्जन, प्रकाश तितुङ तामाङ लगायत का कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक समितिका संयोजक रोशन लामाले बताएका छन् ।

कार्यक्रममा ठूूलो संख्यामा दर्शकको उपस्थिति हुने भएकोले स्थानीय स्वयंसेवक परिचालन गरिने संयोजक लामाले बताए । महोत्सवले तामाङ समुदायको उत्थानका टेवा पुग्ने र आफ्नो पहिचानको पनि उत्थनज हुने आयोजकले विश्वास लिएको छ ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस