काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बसमा एक भारतीय नागरिकको शव फेला परेको छ। मङ्गलबार बिहान मधेश प्र ०४ ००१ ख ०१५७ नम्बरको बसमा ७० वर्षीय जगदीश यादवको शव भेटिएको हो।
प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार, बस लालगढमा शौचालयका लागि रोक्दा यादवलाई मृत अवस्थामा फेला पारिएको हो। उनी सोमबार साँझ काठमाडौंबाट जटहीका लागि चढेका थिए।
प्रहरीले मृत्युको कारण खुलाउन नसकेको र शव परीक्षणपछि वास्तविक कारण थाहा हुने जानकारी दिएको छ। बसलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार

