२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

काठमाडौंको न्यूनतम तापक्रम घट्यो, अबका दिनमा के हुन्छ ? -यसो भन्छन् मौसमविद्

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम शुक्रवार घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ । बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन भएको थियो ।

बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस मापन भएको थियो । शुक्रवार पनि सोही हाराहारीमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनसम्म कुनै प्रणाली विकसित नहुने देखिएकाले काठमाडौंको तापक्रम बिस्तारै उकालो लाग्न सक्ने छ । एक साताअघि शुक्रवार काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको थियो ।

त्यसपछि शनिवार ५.४, आइतबार १८.१, सोमबार ६.१ , मङ्गलवार ६.३, बुधवार ८.५ र बिहीबार ८ डिग्री सेल्सियस मापन भएको थियो ।

 

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस