काठमाडौं । गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबार स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय गरेको हो।
प्रदेश प्रमुख डिल्लीराज भट्टको उपस्थितिमा प्रदेश सभा सचिवालयमा प्रमुख समारोह आयोजना हुनेछ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा वृद्धाश्रम सहयोग, रक्तदान, कर्मचारी पुरस्कार वितरण जस्ता कार्यक्रम गरिनेछ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार

