२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

अब यी ३६ ठाउँमा आफैँले ट्राफिक लाइट बालेर बाटो काट्न सकिने

काठमाडौँको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा अब पैदल यात्रुहरू आफैले ट्राफिक लाइट थिचेर सडक पार गर्न सक्ने प्रविधि सञ्चालनमा आएको छ। बुधबारदेखि काठमाडौँ महानगरपालिकाले पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो।

महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठका अनुसार, यस प्रणालीको उद्देश्य सडक दुर्घटना घटाउनु र पैदल यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नु हो। पेलिकन क्रसिङका क्रममा जब यात्रुले बटन थिच्नेछन्, केही समयका लागि सवारीसाधन रोकिनेछ र यात्रुले सहजै सडक पार गर्न सक्नेछन्।

अहिलेसम्म काठमाडौँ महानगरले ३६ स्थानमा पेलिकन क्रसिङको सञ्चालन गरेको छ र भविष्यमा यसलाई अन्य स्थानहरूमा पनि लागू गर्ने योजना बनाएको छ। यस नयाँ प्रविधिको पहलमा स्थानीयवासी र विद्यार्थीहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्। पद्मकन्या बहुमुखी क्याम्पसकी विद्यार्थी सन्ध्या बस्नेतले यसलाई सडक सुरक्षाका लागि एक महत्वपूर्ण कदम मानेकी छन्।

महानगरपालिकाले सडक सुधार आयोजना अन्तर्गत पेलिकन लाइट जडानको काम गरिरहेको छ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस