२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

रवि लामिछाने बयानमा एउटै कुरा कति पटक भन्नु दिक्क लागिसक्यो भन्दै जब झर्किए

काठमाडौं । चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बयान दिएका छन् । प्रहरीसमक्ष दिएको बयान फेरि दोहोर्‍याउनु परेपछि उनी झर्किएका थिए । बयानमा एउटै कुरा कति पटक भन्नु दिक्क लागिसक्यो भन्दै रवि झर्किएका थिए । उनले आफू साहारा चितवन सहकारीको रकम अपचलनमा संलग्न नरहेको अडान लिइरहे ।

बुधबार करिब साढे ३ घण्टा चलेको बयानपछि सरकारी वकिल र जाहेरवालातर्फका अधिवक्ताहरूले रविको संलग्नता पुष्टि गर्ने तर्क प्रस्तुत गर्दै थुनछेक बहस गरे । रवि सञ्चालक भएकाले ‘थाहा थिएन’ भन्ने नपाइने भन्दै सहकारी रकम उनको परिवार र व्यवसायमा पुगेको दाबी गरियो।

थुनछेक बहस नसकिएकाले बिहीबार बिहान १० बजेदेखि पुनः पेशी तोकिएको छ। यहाँ भने न्यायाधीशले उनलाई परिवारको जिम्मा लगाएर छाड्ने माग अस्वीकार गर्दै प्रहरीको जिम्मा लगाएका छन्। उनी अहिले प्रहरी हिरासतमा छन् ।

 

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस