२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

चन्द्रमामा फेला परेका दुई विशाल खोँचको रहस्य खुल्यो

काठमाडौं । अमेरिका, एरिजोनाको ग्र्यान्ड क्यान्यनजस्तै दुइटा विशाल खोँच चन्द्रमामा भएको एक नयाँ अध्ययनले देखाएको छ। वैज्ञानिकहरूका अनुसार करिब ४ अर्ब वर्षअघि एउटा क्षुद्रग्रह चन्द्रमामा ठोक्किँदा ती खोँच बनेका थिए। ती खोँच चन्द्रमाको पृथ्वीबाट नदेखिने भागमा छन्।

नासाको लुनार रिकनिसन्स अर्बिटरले पठाएका तथ्यांकका आधारमा वैज्ञानिकहरूले ती खोँचको नक्सांकन गरेका छन्। अनुसन्धानअनुसार एक किलोमिटर प्रति सेकेन्डको गतिमा उडेका ठूला चट्टान सतहमा बजारिँदा २७० किलोमिटर र ८६० किलोमिटरसम्म फैलिएका खोँच बनेका थिए। चन्द्रमामा यी खोँच बन्न दस मिनेट मात्र लागेको अनुमान छ, जबकि पृथ्वीको ग्र्यान्ड क्यान्यन बनिन लाखौं वर्ष लागेको थियो।

नासाले आर्टेमिस मिसन अन्तर्गत चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने योजना बनाएको छ। अध्ययनका अनुसार क्षुद्रग्रह ठोक्किएको असर त्यहाँ खासै नपरेकोले पुराना चट्टानहरू सुरक्षित छन्, जसले पृथ्वी र चन्द्रमाको उत्पत्तिको अध्ययन गर्न मद्दत गर्नेछ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस