२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

कैलालीमा दुई वर्षीया छोरीसहित आमा मृत फेला !

२५ माघ , काठमाण्डौँ । कैलालीको गोदावरीमा आमा–छोरी मृत भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा आमा–छोरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए । उनकाअनुसार बिहीबार साँझ साढे ७ बजेतिर आमा घरमै झुन्डिएको र छोरी पासो काटिएको अवस्थामा भुइँमा मृत भेटिएका हुन् ।
मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् भने घटनाका बेला उनकी सासू आमा पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस