काठमाडौं । ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि बिहीबार राति हातपात भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले यो घटना पुष्टि गर्दै व्यक्तिको खोजी भइरहेको बताए।
सीसीटीभी फुटेजको माध्यमबाट हातपात गर्ने व्यक्तिको पहिचान गर्न काम भइरहेको छ। बोहोराले भने, “पहिचान भइसकेपछि पक्राउ गरिनेछ।”
मदिरा सेवन गरेका ५÷६ जनाको समूहले प्रहरीमाथि हातपात गरेको थियो। प्रहरीमाथि हातपात गर्ने व्यक्ति अस्कल क्याम्पसमा अध्ययनरत विद्यार्थी नेताहरू रहेको आशंका गरिएको छ, तर यसबारे पुष्टि गर्न बाँकी छ।
प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार

