२७ माघ , काठमाण्डौँ । धनुषाको मिथिला नगरपालिका २, बेलाचापीस्थित सतलोक आश्रम धनुषामा आयोजित विशाल भण्डारामा करिब पाँचलाख अनुयायी एवम् शुभेच्छुकहरुले भोजन ग्रहण गरेका छन् । तीन दिनसम्म चलेको भण्डारामा पाँच लाख बढी मानिसहरुले अवलोकन गरेको आयोजकको दाबी छ ।
जगतगुरु तत्वदर्शी संत रामपालजी महाराजकीका अनुयायीहरुको संस्था पूर्णब्रह्म कबीर उपासक समाजको आयोजनामा यही माघ २४ गतेदेखि २६ गते तीन दिनसम्म कबीरजीको ५०७ औँ निर्वाण दिवस एवम् तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा आयोजना गरिएको थियो ।
समारोहमा दाइजोविरुद्धको अभियानका क्रममा १२ जोडीले सामूहिक विवाह गरेका थिए । समारोहमा नेपाल र भारतका अनुयायी एवम् शुभेच्छुकहरु जम्मा भएका हुन् ।
प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार

