२७ माघ , काठमाण्डौँ । काठमाडौँको ठमेल स्थित सडकमा होहल्ला गर्दै प्रहरीमाथि अभद्र व्यवहार गर्ने २ जना व्यक्तिहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ घर भएका हाल लैनचौर बस्ने २५ बर्षिय दिनेश सिग्देल र डढेल्धुरा घर भएका हाल लैनचौर नै बस्ने २२ बर्षिय रमेश फूलारा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई होहल्ला गरिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो भने थप अनुसन्धानसमेत भईरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार

