२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

कुनै पनि खोप लगाउन मान्दैनन् राउटेहरु

२८ माघ, काठमाण्डौँ । यही माघ २२ गते मङ्गलबार राउटे समुदायमा नयाँ सदस्य वराहताल शाहीको जन्म भयो । त्यसभन्दा अगाडि दुई जना बालबालिकाको जन्म भयो तर ती तिनै जना बालबालिकाले लगाउनुपर्ने क्षयरोगविरुद्धको बिसिजी खोप लगाएनन् । उनीहरू मात्र होइन, राउटे समुदायका कुनै पनि सदस्यले सरकारले निर्धारण गरेका खोप लगाउनै मान्दैनन् ।

सरकारले १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खोप लगाउने राष्ट्रिय कार्यक्रमको सन्दर्भमा राउटे बालबालिकाले कुनै पनि खोप लगाउन नमानेको बताइएको छ ।

सोसेक नेपालद्वारा सञ्चालित राउटे परियोजनाका अनमी अन्जु पन्तले सरकारले सञ्चालन गर्ने विभिन्न खोप कार्यक्रममा राउटेलाई सहभागी गराउने प्रयास गरिए पनि सफल हुन नसकेको बताइन् । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस