२८ माघ, सर्लाही । सर्लाहीमा एक उदाहरणीय आदर्श विवाह सम्पन्न भएको छ । सर्लाहीको कविलासी नगरपालिका वडा नं ७ निवासी उज्ज्वलराज साह र हरिपुर निवासी आँचल सरकार बीच माघ २५ गते बिना दाइजो नै अन्तरजातीय आदर्श विवाह भएको हो । समाजमा अहिले बिकृतीको रुपमा मौलाएको भागी विवाह र दाइजो प्रथालाई चुनौती दिँदै यो विवाह भएको छ ।
यो अन्तरजातीय र आदर्श विवाहले सर्लाहीका स्थानीय समाजमा नयाँ दिशा प्रस्तुत गरेको छ । मधेश क्षेत्रको परिप्रेक्ष्यमा जातपातका कारण विवाहमा प्रायः विवाद उत्पन्न हुने गरिएको अवस्थामा, यस विवाहले जातीय भेदभावलाई अन्त्य गर्ने र समाजमा समानता र एकताको सन्देश दिएको तथा उमेर नै पुरा नभइ भागेर युवा युवतीले। गर्ने विवाहलाई सकारात्मक संदेश यो विवाहले दिएको पुर्व प्रतिनिधि सभा सदस्य प्रमोद साहले जानकारी दिए ।
उज्ज्वल सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको लर्ड ब्राइट स्कुलका टपर विद्यार्थी हुन ।

