२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

नगरपालिकामा तोडफोड, सेवा प्रवाह बन्द

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको आर्थिक प्रशासन शाखामा तोडफोड भएको छ। सोमबार केहि जनप्रतिनिधि, निर्माण व्यवसायी र उपभोक्ता समितिका प्रतिनिधिहरुले कार्यालयमा प्रवेश गरी अभद्र व्यवहार, गालीगलौज गर्दै महत्वपूर्ण अभिलेख तथा कागजात नष्ट हुने गरी तोडफोड गरेको कर्मचारीहरूको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमका अनुसार विभिन्न सडक मर्मत योजनाको भुक्तानी सम्बन्धी असन्तुष्टिका कारण आक्रमण भएको हो। अनुगमन समितिले योजनाको काम पूर्ण नभएकाले ४०% मात्र भुक्तानी दिनुपर्ने सिफारिस गरेको थियो, जसलाई लिएर असन्तुष्ट पक्षले कार्यालयमा आक्रमण गरेको जनाइएको छ।

घटनापछि कर्मचारीहरूले सुरक्षित कार्य वातावरणको माग गर्दै सेवा प्रवाह स्थगित गरेका छन्। नगरपालिकाले वार्ता वा कानूनी प्रक्रियाबाट समाधान खोज्नुको सट्टा अराजक शैली अपनाइएको भन्दै संलग्नहरूमाथि कारबाहीको माग गरेको छ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस