काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५, तिनथानास्थित एक भाडाको कोठामा बस्ने एक पुरुष निस्सासिएर मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार दुईतले घरको भुइँ तलाको कोठामा ४० वर्षीय सुवासचन्द्र पौडेल मृत फेला परेका हुन्।
प्रहरीका अनुसार नुवाकोट, बेलकोटगढी-२ घर भएका पौडेलको कोठामा ओछ्यानमा रहेको डस्ना, सिरक, र म्याट जलेको अवस्थामा भेटिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनी हिटर बालेर सुतेका कारण कोठामा निस्सासिएर मृत्यु भएको खुलेको छ।
प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार

