काठमाडौं । सल्यानको कुमाख गाउँपालिका-४ स्थित त्रिवेणी आधारभूत विद्यालयका १७ विद्यार्थी सञ्जीवनी (रतन्चोदो)को फल खाएर बिरामी भएका छन्। विद्यालयका विद्यार्थीहरू बान्ता र रिङगाटा लाग्ने समस्यासँग अस्पताल भर्ना भएका हुन्।
प्रधानाध्यापक कल्पना शाहका अनुसार सोमबार दिउँसो विद्यालयको खाजा समयमा विद्यार्थीहरूले विद्यालय नजिकैको सञ्जीवनीको फल खाएका थिए। त्यसपछि उनीहरूको स्वास्थ्य बिग्रिएको थियो।
चौरजहारी अस्पतालका डा. निमरोद लिम्बूले भने, “विद्यार्थीहरूले हरियो रंगको वान्ता गरे, तर सबैको स्वास्थ्य अवस्था खतरामुक्त छ।” उपचारपछिविद्यार्थी घर फर्किएका छन्।
प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार

