२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

नुवाकोट बेलकोटगढीका एक पुरुष काठमाडौँको कोठामा निस्सासिएर मृत्यु

२९ माघ, काठमाण्डौँ । काठमाडौँमा एक जना पुरुषको निस्सासिएर मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ तिनथानास्थित एक घरमा भाडामा बस्ने पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

उनका अनुसार दुईतले घरको भुइँ तलाको कोठामा एक पुरुष मृत फेला परेका हुन् । नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर २ घर हुने ४० वर्षीय सुवासचन्द्र पौडेल मृत फेला परेका हुन् । उनको कोठामा ओछ्यानमा रहेको डस्ना र सिरक पनि पनि जलेको अवस्थामा फेला परेको छ। त्यस्तै भुइँमा रहेको म्याट पनि जलेको प्रहरीले जनाएको छ ।

एसपी बोहोराका अनुसार उनी हिटर बालेर सुतेका थिए । पछि कोठामै निस्सासिएर उनको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस