२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

मौसम पूर्वानुमान : देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, तीन प्रदेशमा हिमपात

३० माघ , काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका मध्य र पूर्वी तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउसो कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको सम्भावना छ । यी प्रदेशको हिमाली भूभागको एक दुई स्थानमा हिमपातको समेत सम्भावना रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने मधेस र लुम्बिनी प्रदेशको मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका केही भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस