२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

निजामती सेवामा व्यापक परिवर्तन गर्न जुट्यो सहमति

काठमाडौं । निजामती सेवामा अब तहगत संरचना लागू गरिने निर्णय भएको छ। यसका लागि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति जुटेको हो। संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफलका क्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सबै दलका सांसदहरूले तहगत संरचनामा सहमति जनाएका छन्।

प्रस्तावित विधेयकको दफा ६ मा यससम्बन्धी व्यवस्था राखिनेछ। सभापति रामहरि खतिवडाले छलफलको अन्त्यमा भने, “तहमा जानेमा क्लियर भयो। अब प्रस्तावित विधेयकको दफालाई तहगत संरचना रहने गरी मिलाइनेछ।”

तर, निजामती सेवामा अतिरिक्त सचिव राख्ने कि नराख्ने विषयमा भने सहमति जुट्न सकेको छैन। सभापति खतिवडाले यसबारे पुनः छलफल गरिने जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस