२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

ईश्वरपुरमा बस दुर्घटना, १५ जना घाइते

"One killed and 12 injured in a bus accident in Sindhuli."

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ घारीबथान नजिकै बस दुर्घटना भएको छ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बाँके जंगल नजिक ना ७ ख ३६४३ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बस तीव्र गतिका कारण अनियन्त्रित भएको थियो।

बसमा बर्दिबासमा आयोजित लघु वित्तीय संस्थाविरुद्ध संघर्ष समितिको कार्यक्रममा सहभागी भएर फर्किरहेका यात्रु सवार थिए। घाइतेहरूलाई उपचारका लागि लालबन्दी पठाइएको छ भने बस चालक फरार छन्।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस