२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

२ फागुन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरेको छ ।
शुक्रबार जारी गरिएको सूचनाअनुसार, २०८२ सालको परीक्षा आगामी वैशाख ११ गतेबाट सुरू भई वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ ।

साधारण, परम्परागत तथा प्राविधिक धारका नियमित र आंशिक परीक्षार्थीहरूका लागि तय गरिएको यो परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने बोर्डले जानकारी गराएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस