२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

काठमाडौँका यी स्थानमा आज चारदेखि सात घन्टा विद्युत अवरूद्ध हुने

३ फागुन , काठमाण्डौँ । काठमाडौंका विभिन्न स्थानमा आज लामो समय विद्युत अवरूद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रका दुई वटा फिडर अन्तर्गतका क्षेत्रहरूमा चारदेखि सात घन्टा विद्युत अवरूद्ध हुनेछ।

महाराजगन्ज वितरणक केन्द्रको गोंगबु फिडरअन्तर्गत बसुन्धारा, गोंगबु, टाउन प्लानि‌‌ङ, सामाखुशी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । ती क्षेत्रमा भूमिगत तारसँग सम्बन्धित कामका लागि फिडर सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

त्यस्तै हस्पिटल फिडर अन्तर्गतका पर्ने शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तालिम केन्द्र, निर्मल निवास क्षेत्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस