२०८३ कार्तिक १३ गते बिहिवार | 2026 October 29th Thursday

मौरीले पाँच जनालाई अस्पतालको बेडसम्म पुर्‍यायो

तुलसीपुर उपमहानगरपालिका –४ खाद्रेमा जङ्गली मौरीको टोकाइबाट पाँच जना घाइते भएका छन्। घाइते हुनेमा २३ वर्षीय भिमा बुढा, ११ वर्षीय विवश बुढा, २८ वर्षीया सिता गिरी, ९ वर्षीया आयुसा गिरी र ५ वर्षीया आयुस गिरी रहेका छन्।

शनिबार दिउँसो १२ बजेतिर खेतमा पानी सिँचाइ गर्ने क्रममा ठूलो सङ्ख्यामा जङ्गली मौरीले टोकाइ गरेका थिए। प्रहरीका अनुसार, भिमा बुढा र विवश बुढालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि नेपालगन्ज रिफर गरिएको छ भने अन्य घाइतेहरूलाई त्यहीं उपचार भइरहेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस