हास्यकलाकार जितु नेपालकी आमा योगमायाको ८९ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि दम रोगबाट पीडित योगमायाको आइतबार बिहान निधन भएको हो।
जितुकी आमा योगमायाको पार्थिव शरीर आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। जितुका माइला दाईले आमाको शवमा दागबत्ती दिएका थिए। ‘छक्कापञ्जा’ फिल्मको टोली दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, कमेडियन भरतमणी पौडेल, सुमन कोइराला र चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला समेत अन्तिम श्रद्धाञ्जली दिन आर्यघाट पुगेका थिए।
योगमायाका ७ सन्तानमध्ये जितु कान्छा हुन्।
प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार

